Banner News

मेरो स्वास्थ्यबारे गलत प्रचार गरियो : प्रधानमन्त्री ओली



काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे गलत प्रचार भइरहेको बताएको समाचार आजको बताएका छन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार झापा क्षेत्र नं. ५ का कार्यकर्तासँग शुक्रबार बिहान भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

ट्विटरमा प्रधानमन्त्रीलाई उद्धत गर्दै अर्यालले लेखेका, ‘आज बिहान ११ बजे झापा क्षेत्र नं. ५ का कार्यकर्तासँग कुराकानीको प्रारम्भमै ताजगी मुद्रामा प्रधानमन्त्रीले भन्नुभयो-म सिकिस्तै भएँ भनेर आउनुभयो कि क्या हो? हिजो केही बेर ९९ डिग्री ज्वरो आएको थियो, ठीक भयो । डाक्टर भन्छन्-अझै बीस वर्ष ठीक रहनेछौं । प्रचार अर्कै ढंगले भइदिन्छ ।’

केही दिनअघिमात्रै प्रधानमन्त्री ओली सिंगापुरबाट स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । तर फेरी उनको स्वास्थ्यमा समस्या आएको समाचार सार्वजनिक भएको थियो । यो समाचार नागरिक दैनिकले छापेको छ ।