समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



धादिङ, २ भदौ । गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको मृत्यु भएको छ ।

चट्याङ लागेर घटनास्थलमै ६० वर्षीया धनकुमारी गुरुङको मृत्यु भएको हो । गोठालो जानुभएकी गुरुङ गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ परेको थियो ।