Banner News

प्रधानमन्त्रीद्वारा ‘माउन्ट एभरेष्ट’लाई सगरमाथा नै उच्चारण गरिदिन आग्रह



काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिन आग्रह गरेका छन् ।

सोमबार काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अंग्रेजीमा ‘राइन’, ‘माउन्ट एभरेष्ट’, भन्नुको साटो गैंडा, सगरमाथा नै उच्चारण गरिदिन आग्रह गरेका हुन ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि कनेक्टिभिटीको ठूलो महत्त्व रहेको बताउदै नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको समेत उल्लेख गरे ।

आजदेखि सुरु भएको सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको छ ।