राजनीति

ओलीजी समझदारी अनुसार चल्नुहुन्छ : अध्यक्ष दाहाल



काठमाडौँ, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली समझदारी अनुसार चल्नेमा बिश्वस्त रहेको बताएका छन् ।

आज धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन पुगेका अध्यक्ष दाहालले नेकपाको सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री ओलीले समझदारी अनुसार चल्नेमा बिश्वस्त रहेको बताएका हुन् ।

उनले भने, ‘सरकार पनि ५ वर्ष जान्छ । ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ ।’ समृद्ध नेपाल, खुशी नेपालीको अभियानलाई सरकारले अगाडि बढाउने बताउदै उनले पार्टी एकतामा धेरै भ्रम छर्न खोजिएको तर हामीले पार्टी एकता टुंगाएरै छाडेको बताए ।