समाचार

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



तनहुँ, २ भदौ । तनहुँमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने सवार घाइते भएकी छन् ।

व्यास नगरपालिका-१२ कमलाबारीमा ना६ख७५६० नम्बरको ट्रकले रोकिराखेको प्रदेश ३-०१-००१-य नम्बरको कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना२०प३१०९ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिदा भानु नगरपालिका-५ का ३९ वर्षीय सुदीपराज पौडेलको मृत्यु भएको हो भने सोही ठाउँका ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी हुन ।

सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घाइते प्रेमाको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।