राजनीति

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आज मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनदेखि मुलुकको विकास निर्माण र समृद्धि योजनासम्मका विषयमा छलफल हुने बताइएको छ ।