समाचार

रविको समर्थन गर्दै शीर्ष नेतालाई मार्ने धम्की दिने एक व्यक्ति पक्राउ



काठमाडौँ, ३ भदौ । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभमा गाली गर्दै मार्ने धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिँदै, नाङ्गो खुकुरी देखाउँदै फेसबुक लाइभमा आएर नेताहरुलाई मार्ने धम्की दिने ती व्यक्तिलाई बाराबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई पक्राउ गर्न टोली खटाइएको छ ।