विश्व

कस्मिरमा १५ दिनपछि विद्यालय खुले



एजेन्सी, ३ भदौ । भारत प्रशासित कश्मिरमा स्कुलहरु खुले पनि जारी तनावको कारण कमै मात्रै विद्यार्थी पढनपाठनमा सहभागी भएका छन् ।

मुस्लिम बाहुल्य रहेको कस्मिरको राजधानी श्रीनगरमा रहेका करिब दुई सय प्राथमिक विद्यालय खुला भएको अधिकारीहरुले जनाएका छन् ।

अभिभावकहरुले सुरक्षाको चिन्ताको कारण आफ्ना नानीहरुलाई स्कुल नपठाएको बताएका छन् । साथै विद्यार्थीहरुमा पनि एकप्रकारको त्रास कायमै रहेकाले विद्यालय जान नसकेको बताइएको छ ।

भारत सरकारले अगस्ट ५ का दिन कस्मिरलाई दिँदै आएको विशेष राज्यमा मान्यतालाई अन्य गरेको थियो । त्यसयता कस्मिरमा कुनै प्रकारका हिंसात्मक घटना नहोस भनेर निषेधाज्ञा जारी गरिएको छ ।