समाचार

सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक



काठमाडौँ, ४ भदौ । सिम्रिक एयरलाइन्सका जहाज उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ ।

सिम्रिकको आइतबार र सोमबार जाँच गरिएकोमा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएकोले तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका उडान रद्द भएको पुष्टि गरे । प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्छ । यस कम्पनीसँग ४ वटा जहाज रहेका छन् ।