काठमाडौं, ४ भदौ । काठमाडौंको विभिन्न स्थानबाट नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय बिनोद बरूवाल र सोही नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-१५ किमडोल ठेगाना भएकी ३३ वर्षीय रेनु लामालाई पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विभिन्न विद्यार्थीहरुको नाम सहित विवरण भएको रजिष्ट्रर ४ थान, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयको नामको रबर छापहरू ३९ थान, विभिन्न कम्पनीको पेन ड्राइभ ११ थान र विभिन्न व्यक्तिहरूको नाममा रहेको प्रमाण प्रत्र समेत बरामद गरेको छ ।
प्रहरीले उनीहरु दुबै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्