समाचार

मालपोत कार्यालयका अधिकृत घुससहित रंगेहात पक्राउ



कास्की, ४ भदौं । मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिदाँलिदैं अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले पक्राउ गरेको छ ।

आज दिउँसो मालपोत अधिकृत अभिनाश कुँवरलाई नगद ५९ हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो । अधिकृत कुँवरले जग्गाको मूल्या‌‌ङ्कन कम गरी राजश्व घटाई दिए वापत सेवाग्राहीबाट सो रकम लिएका थिए । रकम लिए लगत्तै सोही समयमा अधिकृत कुँवरलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।