समाचार

आजको मौसम



काठमाडौँ, ४ भदौ । काठमाडौँ लगायत देशका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने र पूर्वी र पश्चिमी पहाडी भू–भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखालको अनुसार मनसुनी न्यूनचापीय रेखा साविक स्थानमा रहेकाले कतै नजिकै पानी परेपनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने जनाएको छ।

यस्तै, आज उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, काठमाण्डौ र आसपास, नुवाकोट, गोरखा, तनहुँ, नवलपरासी, रूपन्देही, पाल्पा, अर्घाखँंची, प्युठान, दाङ, रोल्पा, सल्यान, डोटी, बाँके जिल्ला भएर बहने नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी आसपास हिँड्डुल गर्दा सजग हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।