काठमाडौँ, ५ भदौ । सत्तारुढ दल नेकपाका सांसद कोमल ओलीले सीमा क्षेत्रका बाँधबारे नेपाल-भारतबीच बार्ता गर्न माग गरेकी छन ।
बुधबार राष्ट्रियसभामा बसेको बैठकमा बोल्दै सांसद ओलीले नेपाल-भारतबीच भएको जलश्रोत सम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गर्दै बार्ता गर्न माग गरेकी हुन ।
उनले आजबाट सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग बार्ता गर्न समेत माग गरेकी छन ।
सांसद ओलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको टिप्पणी गरेकी छन ।










प्रतिक्रिया दिनुहोस्