काठमाडौँ, ५ भदौ । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षाको जिम्मेवारी केन्द्र र प्रदेश दुबैको रहेको बताएका छन ।
आजको राष्ट्रिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले प्रहरी विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकार बाँडफाडँको लागि ल्याएको बताए ।
प्रदेश प्रहरीलाई चाहिने जति प्राप्त अधिकार दिएको बताउदै उनले भने, ‘कतिपय पक्षहरूमा चाहिँ त्रुटिहरूका पनि हुनसक्छ, अपराध अनुसन्धान गर्ने क्रममा शान्ति सुरक्षा कायम गर्ने कुराहरूमा प्रदेशकै अधिकार कति हुन्छ रु हाम्रो अधिकारको बाडफाडको कुराहरूमा चाहिँ यो संविधानले नै त्यो व्यवस्था गरेको छ ।, ‘शान्ति सुरक्षाको जिम्मेवारी निश्चित रूपमा केन्द्रको पनि हो र प्रदेशको पनि हो ।’
‘प्रदेशहरूलाई दिने अधिकारहरू, उनीहरूले प्राप्त गर्ने अधिकारहरू जति चाहिएको छ त्यति दिइएको छ ।, ‘यसलाई परिमार्जित ढङ्गले ल्याइएको छ, कुनै पनि तरिकाले प्रदेशहरूको अधिकारलाई अतिक्रमण गर्ने विधेयकले प्रयत्न गरेको छैन ।’ सांसदहरूले प्रहरी विधेयक विरोधाभाष भएको बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्