काठमाडौँ, ५ भदौ । समाजवादी पार्टी नेपालका नेताहरु र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
बिहीबार विदेशमन्त्री जयशंकरले उपप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका हुन् ।
उक्त भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको डा.भट्टराईले ट्विटरमार्फत भनेका छन, ‘भारतको वर्तमान सरकारले नेपालसँग कनेक्टिभिटी र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक रहेको जानकारी पाउँदा खुशी लागेको छ ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका उनी बिहीबार नै स्वदेश फर्किने कार्यक्रम छ ।










प्रतिक्रिया दिनुहोस्