समाचार

आजको मौसम : चट्टयाङसहित वर्षा हुने



काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । देशका पूर्वका केही स्थानहरुमा साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।