समाचार

अवैध लाखौं भारतीय रकमसहित एकजना पक्राउ



पर्सा, ६ भदौ । पर्सामा भारतीय रकमसहित एकजना पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट स्रोत नखुलेको २ लाख ५० हजार भारतीय रुपैयाँसहित भारत बिहारका बैशाली थाना लालगञ्जपोष्ट खन्जाहा चौकका ३६ वर्षीय मिथिलेश कुमार पक्राउ परेका हुन ।

पक्राउ परेका उनीलाई थप अनुसन्धानका लागि बाराको पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।