अर्थ

बैंकहरुले घटाए निष्क्रिय कर्जा



काठमाडौँ, ६ भदौ । ‘क’ वर्गका २८ वटै बैंकहरुले आव २०७५र०७६ मा ०.१० प्रतिशतले निष्क्रिय कर्जा घटाएका छन् ।

बैंकहरुको औसत निष्क्रिय कर्जा दरमा पनि सुधार भएको छ । आव २०७४/०७५ को १.४५ औसत निष्क्रिय कर्जा घटेर २०७५/०७६ को अन्त्यमा १.३५ मा झरेको छ ।

हेर्नुस बैंकहरुको निष्क्रिय कर्जा

 

बैंक निष्क्रिय कर्जा
सानिमा बैंक ०.०८
स्टाण्डर्ड चार्टर्ड बैंक ०.१५
एभरेष्ट बैंक ०.१६
नेपाल एसबीआई बैंक ०.२०
माछापुच्छ्रे बैंक ०.३७
एनआईसी एशिया बैंक ०.४६
ग्लोबल आइएमई बैंक ०.५५
नविल बैंक ०.७४
सिद्धार्थ बैंक ०.७५
एनएमबि बैंक ०.८२
मेगा बैंक ०.८६
प्राइम कमर्सियल बैंक ०.९२
कुमारी बैंक ०.९७
सनराइज बैंक १.०३
लक्ष्मी बैंक १.११
जनता बैंक १.११
हिमालयन बैंक १.१२
सिटिजन्स बैंक इन्टरनेसनल १.१९
बैंक अफ काठमाण्डू १.५०
नेपाल बंगलादेश बैंक १.५६
सेञ्चुरी कमर्सियल बैंक १.७२
प्रभु बैंक २.३१
सिभिल बैंक २.३७
एनसीसी बैंक २.७८
नेपाल इन्भेष्टमेन्ट बैंक २.७८
कृषि विकास बैंक २.९०
नेपाल बैंक ३.३७
राष्ट्रिय वाणिज्य बैंक ३.९०