समाचार

अब म्यासेजबाटै ट्याक्सी बुकिङ



काठमाडौँ, ७ भदौ । अब मोबाइलको म्यासेजबाटै ट्याक्सी बुकिङ गर्न सकिनेगरी यात्रु सेवा सुरु हुन लागेको छ ।

अब मंगलबारदेखि उक्त सेवा सुरु गर्न ३७००१ मा आफ्नो गन्तब्य म्यासेजमा लेखी पठाउन सकिन्छ। त्यस्तै टोल फ्रि नम्बर १६६००१७००७० मा फोन गरेर पनि बुक गर्न सकिने छ ।

यात्रुले म्यासेज वा फोन गरेर बुकिङ गरेपछि त्यो रिक्वेस्ट चालकहरुसम्म पुग्छ र यात्रु र ट्याक्सी चालकको समन्वय हुने छ । यसरी ट्याक्सी बुकिङ गर्दा कुनै अतिरिक्त शुल्क लाग्दैन ।

त्यस्तै यात्रु एप पनि बन्दै छ । यात्रुले १ महिना भित्र एपबाट पनि बुकिङ गर्न सकिने भएको छ । हाल प्यासेन्जरलाई ट्याक्सीसगँ जोड्ने सारथी, पठाओ लगाएतका एप अहिले काठमाडौँमा संचालित छन् ।