राजनीति

जनतालाई सन्तुष्ट तुल्याएरमात्र जनप्रतिनिधिको सेवासुविधा बढाउनु पर्छ : सांसद पहारी



पोखरा, ८ भदौ । गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन तत्कालिन युवा संघ नेपालका पूर्वअध्यक्ष राजीव पहारीले जनतालाई सन्तुष्ट तुल्याएरमा जनप्रतिनिधिको सेवासुविधा बढाउनुपर्ने बताउनुभएको छ ।

शनिवार पोखरामा ढिकुर पोखरी समाजको १२ औं साधारण सभाको कार्यक्रममा बोल्दै पहारीले प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बृद्धी गरेको प्रति रोशप्रकट गर्नुभयो । उहाँले जनप्रतिनिधिको सेवा सुविधा बृद्धि गर्नु गलत भएको बताउनुभयो ।

सांसद पहारीले पनि जनप्रतिनिधिले सेवा सुविधा बढाउने गरि पारित भएको विधेक प्रति असन्तुष्टि जनाउनुभएको हो । उहाँले भन्नुभयो, ‘जनताको जीवनस्तर माथी उठ्न नसकेको अवस्था जनप्रतिनिधिहरुले आफ्नै सेवासुविधा बृद्धी गर्नु गलत हो । जनतालाई सन्तुष्ट तुल्याएर सेवासुविधा बढाउनु पर्छ ।’ सांसद पहारीले आपूmले पाएको तलब सुविधा विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले वाटर प्युरिफायरमा सहयोग गरेको बताउनुभयो ।

सांसद पहारीले आजै आयोजित कार्यक्रममा पनि ‘ढिकुरपोखरी समाज’को अक्षयकोष स्थापना गर्नका लागि आपूmले पारिश्रमिक बापत पाउने तलब मध्येबाट एक महिनाको ४५ हजार सहयोग गर्ने घोषणा गरे ।

सासंद पहारीले देशको नेतृत्व गरेका मुलुककै ठूलोपार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका पुस्पकमल दाहाल ९प्रचण्ड०को जन्म ठाउँ ढिकुरपोखरी लगायत कास्कीका जनताले प्रचण्ड प्रति गर्व गर्नु पर्ने बताउनुभयो । उहाँले ढिकुरपोखरी र फेवातालको विकासका लागि प्रचण्डलाई भेटेर पहल गरिदिन आग्रह गर्ने समेत बताउनुभयो ।