Banner News

नेकपाको सचिवालय बैठकआज बस्ने



काठमाडौँ, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउनुभएको हो । अध्यक्ष प्रचण्डले आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउनुभएको हो ।

बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटीबारे छलफल हुने बताइएको छ ।