काठमाडौँ, ९ भदौ । राष्ट्रियसभाको बैठकले ‘वन विधेयक २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
आइतबार राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष गणेश तिमल्सिनाले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गरेका थिए ।
छलफलमा उठेको प्रश्नका जवाफमा मन्त्री बस्नेतले वन व्यवस्थापनलाई सङ्घीय संरचना र वन क्षेत्रको बहुआयामिक रुपान्तरण गर्न विधेयक आएको स्पष्ट पार्दै भने, ‘राष्ट्रिय वन व्यवस्थापनमा समुदाय र सरकारको भूमिका अहम् रहेको छ । गरीबी निवारण र उद्यमशीलता प्रवद्र्धन गर्न वनबाट आएको आय उपयोग गर्न सकिन्छ ।’
निजी वनको अनुमति स्थानीय निकायले स्वीकृति दिनसक्ने अधिकार विधेयकले गरेको मन्त्री बस्नेतले स्पष्ट पारे ।










प्रतिक्रिया दिनुहोस्