समाचार

रोकिएन बालविवाह



काठमाडौँ, ९ भदौ । सरकारले विहेवारी २० वर्ष पारी भनेकोछ र त्यस अनुसार नियम कानुन पनि ल्याएको छ । उमेर पुगेर सरकारले तोकेको स्वास्थ्य चौकीमा चार पटकसम्म सुत्केरी जाँच गराउनेलाई दुईहजार रूपियाँ, एकसेट कपडा पनि दिने नीति छ । यस बाहेक विभिन्न नगरपालिका र गाउँपालिकाहरुले पनि छुट्टाछुट्टै सेवा घोषणा गरेर कार्यान्वयनमा ल्याएका छन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गमका गर्भवती र सुत्केरीलाई उनीहरूको ज्यान जोखिमा पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर उद्धार पनि गर्न थालिएको छ । तर, साना उमेरमै आमा बन्नेको सङ्ख्या अहिले पनि उत्तिकै छ । त्यसैले कम उमेरमा विवाह गर्न नहुने र बच्चा जन्माउँदा ज्यान जोखिममा पर्नेबारे जागरण फैलाउन आवश्यक छ ।

पनौती नगरपालिका– १० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्क अनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना २० वर्षभन्दा कम उमेरका किशोरी आमा बनेका छन् । राजधानीमै रहेको प्रसुती सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्क अनुसार बाईसहजार एकसय ४७ जनाले प्रसुती सेवा लिएकोमा २६ सय ८५ जना २० वर्ष भन्दा कम उमेरका थिए

१) गोरखा जिल्ला चुमनुब्री गाउँपालिका वडा न ७ का लार्खाटोलकी छिरिङ लामा । २१ वर्षकी सुत्केरी
२) खोपासीकी जेनी तामाङ, वर्ष २१ की गर्भवती
३) सविना शाह वर्ष २१ खोपासी, गर्भवती,
४) डोल्मा तामाङ बर्ष १७ गर्भवती (परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार गराईरहेकी)

फोटो : कविता