Banner News

पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक



काठमाडौँ, ९ भदौ । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक संजाल ट्विटमा  भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिदै भनेका छन, ‘ सिंगापुरदेखि काठमाडौंस् पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।