राजनीति

रगतसँग साटिएको उपलब्धि कुनै पनि हालतमा गुम्दैन : मन्त्री बाँस्कोटा



काठमाडौँ, १२ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रगतसँग साटिएको उपलब्धि कुनै पनि हालतमा नगुम्ने बताएका छन ।

बिहीबार काभ्रेपलाञ्चोकमा सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताउदै उनले भने, ‘रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी पाँच पुस्तालाई पनि सिकाउनुपर्दछ ।’ अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत बताए ।

मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गर्दै भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।’ रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने उनले सुझाव  समेत दिए ।