काठमाडौँ, १२ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले तयारी गरेको बताएका छन ।
आजको प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले आवश्यक तयारी गरेको भन्दै उनले प्रचारप्रसारको अभावमा सरोकार भएका सबैले सो विषयमा आवश्यक जानकारी पाउन नसकेको पनि हुन सक्ने बताउए ।
मन्त्री खतिवडाले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताउदै नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएको उल्लेख गरे ।
सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिदै उनले लगानी सम्मेलन जस्ता अन्तर्रा्ष्ट्रियस्तरका सम्मेलनले समेत सकारात्मक वातावरण बनाएको बताए ।
विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने बताए ।
सहुलियतपूर्ण कर्जा लिएर कृषि क्षेत्रमा लागेकाहरुले राम्रो प्रतिफल पाउन थालेको भन्दै मन्त्री डा खतिवडाले चालू आर्थिक वर्षमा सो कार्यक्रमले थप प्रभाव देखाउने विश्वास व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्