उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्तालगायत ५ जना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर्याएको हो ।
यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुले अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो । त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्