काठमाडौँ, १४ भदौ । आजको राष्ट्रियसभाको बैठकले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा उक्त विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताए ।
राष्ट्रियसभाको अर्को बैठक भदौ २५ गते बुधबार दिनको १ बजे बस्ने भएको छ ।










प्रतिक्रिया दिनुहोस्