काठमाडौँ, १४ भदौ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको सरकारको पालामा भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउन थालेसँगै भ्रष्टचारीले आत्महत्या गर्नुपर्ने समय आएको बताउनुभएको छ ।
मदनभण्डारी फाउण्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञावलीले कुशासनले थिलथिलो भएको देश विस्तारै विधिको शासनमा आउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो भ्रष्टचारीहरु कस्ले के गर्नसक्छ भनेर फुर्ती लाउँथे, अहिले जनताले पनि घृणा गर्न थालेका छन् र धमाधम आतमहत्या गरे भनेर समाचार आइरहेको छ । धेरै विकृतिहरु सुधार गर्नु छ । हामी नयाँ सिस्टममा गएका छौ । केही बर्ष त लाग्छ लाग्छ ।’
संविधान अनुशार मुलुक चलेको बताउँदै उहाँले संघियता सम्बन्धी कुनै अनुभव नभएको बेलामा पनि गत बर्ष बजेट ७९ प्रतिशत खर्च भई इतिहासकै उच्च आर्थिक वृद्घिदर ७।५ हुनु उपलब्धी भएको बताउनुभयो ।
यो बर्ष विकास निर्माणका लागि इतिहासकै सबैभन्दा बढि बैदेशिक लगानी आएको पनि परराष्ट्र मन्त्रीको भनाई थियो । एकै बर्षमा यत्तिधेरै कानून बन्नु पनि सरकारको अर्को उपलब्धी भएको उहाँको बनाई थियो । उहाँले भन्नुभयो, ‘स्रोतहरुको सिमित ता हुँदा हुँदै पनि एक बर्षमा ७ सय ६१ बटा सरकार खुट्टा टेकेर हिडेका मात्र छैनन् बजेटहरु बनाउँदै, कार्यन्वयन गर्दै र कानूनहरु बनाएर कार्यन्वयन गर्दै अघि बढेका छन् । यो अर्को उपलब्धी हो ।’
लठाभ्रद्र बनाएर छोडिएको पुर्न निर्माणको काम समेत ८० प्रतिशत सम्पन्न हुनु सरकारको अर्को उपलब्धी भएको बताउँदै मन्त्री ज्ञवालीले पुर्ननिर्माणको बाँकि काम समेत अबको दुईबर्षमा सकिने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो बर्ष हामी विश्वकै १० तिव्र आर्थिक वृद्घि गर्ने देशमा पर्ने र अर्को बर्ष ८ मा पर्ने र विस्तारै टप फाइप देशमा पर्ने छ । सक्नेजेलसम्म अवसर दिने र नसक्ने अवस्थामा राज्यले हेर्ने गरी ल्याएका कार्यक्रम समाजवाद उन्मुख नभई दालाल चरित्रको कसरी हुन्छ ? ।’










प्रतिक्रिया दिनुहोस्