काठमाडौँ, १५ भदौ । सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्केका निजी चिकित्सक डा. शाहले भने, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध उपचार भइरहेको छ ।’
सात/आठ पटकसम्म प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले प्रधानमन्त्री नेपाल आउन केही दिन लाग्ने शाहले बताए । प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्