यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन । कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् ।
आफूहरुलाई तीन महिनादेखि क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरुलाई काममा समेत लगाइएको छैन ।
पीडितले दुई महिनादेखि नै दूतावासलाई अनुरोध गर्दै आएको बताएका छन् । तर दूतावासले कम्पनीबाट पाउने सुविधा दिलाएर स्वदेश पठाउन समन्वय भइरहेको जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्