काठमाडौँ, १४ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी रहेको बताएकी छन ।
स्याङ्जाको वालिङ–९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएकी हुन ।
मन्त्री अर्यालले अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको बताइन ।










प्रतिक्रिया दिनुहोस्