राजनीति

अर्थ मन्त्रालयका सहसचिवहरुको सरूवा (सूचीसहित)



काठमाडौँ, १५ भदौ । अर्थ मन्त्रालयका सहसचिवहरुको सरूवा भएको छ ।

१. प्रधानमन्त्री कार्यालयबाट आएका सहसचिव विनोद कुँवरलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ ।

२. अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई भन्सार विभागको महानिर्देशक बनाइएको छ ।

३. अर्थको प्रशासन महाशाखामा सहसचिव झक्कप्रसाद आचार्यको पनि सरूवा भएको छ ।

४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यस्तरीय करदाता कार्यालय प्रमुख बनाइएको छ ।

५. भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजस्व तालिम केन्द्रको प्रमुख बनाइएको छ ।

६. भर्खरै सरूवा भएर अर्थ मन्त्रालय आएका मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ ।

७. वीरगन्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ। त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग ल्याइएको छ ।

८. भन्सार विभागबाट तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा पठाइएको छ ।

९. आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ ।

१०. अर्थ मन्त्रालयकै अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई पनि आन्तरिक राजस्व विभागमै उपमहानिर्देशक बनाइएको छ ।