समाचार

अब घरमै बसेर पनि मुद्दाकाे बहस गर्न सकिने



काठमाडौँ, १६ भदौ । सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।

कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार ३५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै गर्थे। उनीहरुले यसमा ‘काबुबाहिरको परिस्थिति’ दर्शाउने गरेका छन् । याे समाचार आजकाे अन्नपूर्ण पोस्टमा छ ।