समाचार

खाल्डोमा फसेको जिप निकाल्न जाँदा एक जनाको मृत्यु



जुम्ला, १७ भदौ । जुम्लाको कनकासुन्दरी गाँउपालिका-४ रोकायवाडमा खाल्डोमा फसेको जिप निकाल्ने क्रममा जिपले ठक्कर दिँदा एक यात्रुको मृत्यु भएको छ ।

सोमबार राति भे १ ज ७०६ नम्बरको जिप सडकको खाल्डोमा फसेकोमा खाल्डोबाट जिप निकाल्ने क्रममा जिपले ठक्कर दिदा मुगुको सोरु गाँउपालिका-२ का १९ वर्षीय लोकजंग शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट  घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।