काठमाडौँ, १७ भदौ । बुवाआमाले गाली गरेको भन्दै पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।
सोमबार वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।
मृतक गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ
।










प्रतिक्रिया दिनुहोस्