काठमाडौँ, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज संयुक्त राष्ट्र संघका आवासिय समन्वयकलगायतका विशिष्ट व्यक्तिसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ ।
मंगलबार सिंहदरबारमा संयूक्त राष्ट्र संघका Resident Coordinator, Ms.Valerie Julliand, जर्मनीका राजदूत H.E. Mr. Roland Schafer र फ्रान्सका राजदूत H.E.Mr. Francois-xavier LEGER ले शिष्टाचार भेट भयाे ।
हवाई उड्डयन र हवाई सुरक्षाको क्षेत्रमा International civil Aviation organization (ICAO) ले तोकेको मापदण्ड बमोजिम सुधार गर्न सफल भई ICAO को पछिल्लो उडान सुरक्षा अडिटको नतिजाले उडान सुरक्षाको स्तर अहिले विश्व सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६.७ प्रतिशत पुगेको बताउँदै सो उपलब्धि हासिल गरेबापत ICAO Council President Certificate समेत प्रदान भएको अवस्थामा यूरोपियन आकाशमा नेपाली एअरलाइन्सलाई हुँदै आएको प्रतिबन्ध हटाई निर्वाध ढंगले नेपाली एअरलाइन्सको उडान हुनु पर्नेमा मन्त्री भट्टाराईले जोड दिनुभएको छ ।
मन्त्री भट्टाराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई पूर्ण रुपमा सफल पार्न संयूक्त राष्ट्र संघका Resident Coordinator एवं राजदुतहरुको महत्वपूर्ण भूमिकाको अपेक्षा गर्दै आ-आफ्नो देशका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि अनुरोध गरिदिनहुन समेत अपिल गर्नुभएको छ । उक्त भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्