राजनीति

काँग्रेसले प्रदेश ३ महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने



काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसले प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।

यही भाद्र २० र २१ गते प्रदेश नम्बर ३ अन्तर्गतका १३ मध्ये सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको हो ।

भाद्र २० गते बिहान १० वजे कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । सो प्रशिक्षणमा प्रदेश नं ३ रहेका १३ जिल्ला मध्ये सात जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।

बाँकी जिल्लाहरु-रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा प्रशिक्षण  कार्यक्रम आयोजना गरिने काँग्रेसले जनाएको छ ।