काठमाडौँ, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन ।
आज बेलायत भ्रमण सकेर स्वदेश फर्केका मुख्यमन्त्री गुरुङले पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक रहेको बताए ।
उनले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायत र व्यवसाय गरेर बसेका नेपालीसँगको छलफल एवं अन्तरक्रियामा उनीहरूले प्रदेशमा लगानीका लागि इच्छा देखाएको बताउँदै लगानी मैत्री वातावरण बनाउन आफूले प्रतिबद्धता व्यक्त गरेको बताए।










प्रतिक्रिया दिनुहोस्