एजेन्सी, १८ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दुमा पारेर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ
बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’ को संज्ञा दिए । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।
अमेरिकी प्रक्षेपणकर्ताहरुका अनुसार आँधीले बहमासमा मंगलबार पनि क्षति गर्न सक्नेछ । अमेरिकाको फ्लोरिडामा पनि डोरियन आँधीको प्रभाव देखिँदैछ ।
फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । उत्तर क्यारोलिना र भर्जिनिया राज्यले पनि आपतकालीन स्थितिको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्