समाचार

लागूऔषधसहित एक जना पक्राउ



सप्तरी, १८ भदौ । भारतीय बजारबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खाना पकाउने ग्यास सिलिण्डरमा प्वाल पारी लागूऔषध हालेर ल्याइरहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका-१६ बाट लागूऔषधसहित राजगढ गाउँपालिका-६ का ३८ वर्षीय अशोक यादवले स१०प १३ नम्वरको मोटरसाईकलमा सिलिण्डर राखेर राजविराजतर्फ आउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सादा पोशाकमा खटिएका प्रहरीको टोलीले सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको सप्तरकिा निमित्त प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।

पक्राउ परेका यादवलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । सिलिण्डरभित्र १ सय एमएल डाईलेक्स र १ सय ४० थान डीसीसीरप बरामद भएको प्रहरीले जनाएको छ ।