समाचार

धादिङमा जीप दुर्घटना



धादिङ, १८ भदौ । धादिङमा ग१ज ६०६१ नम्बरको जीप दुर्घटना भएको छ ।

मंगलबार दिउँसो धादिङको कमेरे भन्ने ठाउँमा ग१ज ६०६१ नम्बरको जीप दुर्घटना हुँदा १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्य ८ जनाको धादिङ् जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सो जीपको चालकलाई नियन्त्रणमा लिइ ठप अनुसन्धान भईरहेको जनाएको छ ।