काठमाडौँ, १९ भदौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)ले केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेप्सले हाल केही समयका लागि कम्पनीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएमरपीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएको जनाएको छ ।
नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको पनि जनाएको छ । नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्