Banner News

निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प छैन : मन्त्री भट्टराई



काठमाडौँ, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् ।

आज काठमाडौँमा नेपाल वातावरणमा पत्रकार समूहद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणको उद्देश्य वन विनास नभएको उनका बताए ।

सरकारले १०० पुस्ताका लागि भनेर विमानस्थल बनाउन लागेको बताउदै उनले भने, ‘विमानस्थल निजगढमै बन्छ, बरु कम भन्दा कम रुख काटिन्छ, सरकारले यो विमानस्थल बनाउने विषयमा पर्याप्त अध्यन गरेको छ, आवश्यक क्षतिपूर्ति बुझाएरै भएपनि विमानस्थल बनाइन्छ, हामी सम्बन्धित विज्ञसग गोलमेच गर्न तयार छौं, भोलीका पुस्ताका लागि हेरेर एअरपोर्ट बन्छ ।’