राजनीति

उपराष्ट्रपति पुन र पाकिस्तानका राजदूत जावेदबीच भेटवार्ता



काठमाडौँ, २० भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र पाकिस्तानी राजदूत डा. मजहर जावेदबीच शिष्टाचार भेटवार्ता  भएको छ ।

बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा राजदूत जावेद र  उपराष्ट्रपति पुनबीच शिष्टाचार भेटवार्ता भएको निजी सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपाल-पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको साथै उपराष्ट्रपति पुनले नेपाल-पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको भन्दै दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताएको उपराष्ट्रपति पुनको निजी सचिवालयले जनाएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने स्मरण गर्दै दुई देशबीचको सम्बन्ध निकै लामो रहेको उल्लेख गरे ।