विश्व

युट्युबलाई १७ करोड डलर जरिवाना



एजेन्सी, २० भदौ । यूट्युबले ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार भिडियो शेयरिङ साइट युट्युबले अनअधिर्कत रुपमा बच्चाका डाटा संकलन गरेर दुरुपयोग गरेको भन्दै १७ करोड डलर जरिवाना तिर्नुपर्ने अमेरिकाको फेडरल ट्रेडड कमिशन (एफटीसी)ले दाबी गरेको छ ।

गैरकानुनी रुपमा बच्चाहरुको डाटा संकलन गरी तेस्रो पक्षलाई बेचेको गम्भीर आरोप यट्युबमाथि लागेको छ । गुगलले एफटीसी र न्यूयोर्क स्टेट अटार्नीका सामुन्ने यूट्युबको गल्ती स्वीकार गरिसकेको र उसले जरिवाना तिर्न आफू तयार रहेको सहमति गरेको छ ।

कुल १७० मिलियन डलर जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरललाई युटुबले तिर्ने सहमति भएको जनाइएको छ ।