भक्तपुर, २३ भदौ । भक्तपुरको लोकन्थलीबाट लागु औषध र हतियार सहित दुई जना पक्राउ परेका छन ।
बा ७९ प २७४१ नम्बरको स्कुटरलाई चेकिङ्ग गर्ने क्रममा गोर्खाको सिरानचोक-२ का २१ वर्षीय सुरथ थापा र भक्तपुरको बालकोटका २० वर्षीय कविराम पसखललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागु औषध नाईट्रोभेट १२ ट्याब्लेट, १ थान चक्कु र १ थान कैची बरामद भएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्