Banner News

महेशको नेतृत्वमा भक्तपुरले विकासमा फड्को मार्दै छः उपप्रधानमन्त्री



भक्तपुर, २३ भदौ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वरपोखरेलले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको अभियानले भक्तपुरले विकासको फड्को मार्दै गरेको र एक दुई वर्षभित्रमा कायापलट हुने लक्षण देखा परेको बताउनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्रधिकरणको आयोजनामा पुनःनिर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित पुरातात्विक, धार्मिक तथा एेतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सांसद बस्नेतले भक्तपुमा विकासको मुल नै फुटाएकोमा प्रशंसा गर्दै विकासमा समन्वय हुनु अनिवार्य रहेको बताउनुभयो ।

जनता नै सवैभन्दा ठूलो शक्ति रहेको बताउँदै उहाँले समन्वयका कमिकमजोरीका कारण विकासमा अवरोध हुने गरेको र आगामी दिनमा सरकारले त्यस्ता समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेत तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त झोलुङ्गे पुल २५ लाख १५ हजार ५ सय २८ रुपौंयाको लागतमा निर्माण भएको थियो भने उक्त मन्दिर करिव दुई करोड सात लाखको लागतमा निर्माण सम्पन्न भएको थियो ।