समाचार

पातञ्जलको उद्गमस्थल चाँगुमा नयाँ नेतृत्व



भक्तपुर, २४ भदौ । नबराज काफ्ले । पातञ्जल योग समिति भक्तपुरले चाँगुनगर योग समिति विस्तार गरेको छ ।

पातञ्जल योग समिति नेपालको उद्गमस्थल मानीने चाँगुनारायण नगरपालिकामा सुर्वण न्यौपानेको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै नगर योग समिति विस्तार गरिएको हो ।

नगरसमिति भित्र उपाध्यक्षमा कल्पना मल्ल ठकुरी, सचिवमा सुनिल न्यौपाने, सहसचिवमा पूण्यवती केसी, कोषाध्यक्षमा पवित्रा तिमल्सिना, सदस्यहरुमा निरु मल्ल ठकुरी, दुर्गा थापा, सुरक्षा मल्ल ठकुरी, नानु न्यौपाने, प्रभा भुजेल, प्रल्हाद भुजेल, राममणी तिमल्सिना, गीता थापा, विष्णुहरि थापा, राजन पौडेल, संगीता थापा मगर, मोहन पराजुली, खिना निरौला, सावित्री न्यौपाने, पार्वती न्यौपाने, पुष्पा पौडेल, आस्था धमला, पुजा पहाडी, भगवती चौलागाई, शुसिला बुढाथोकी, राजकुमार खत्री, गीता न्यौपाने रहेका छन् ।

सोही कार्यक्रमका विच योग क्षेत्रका विज्ञ व्यक्तित्व किरण मल्ल ठकुरीको नेतृत्वमा, मनोज केसी, माधव प्र न्यौपाने, सत्यजीत मल्ल ठकुरी, रमेशमान मधिकर्मी, रामकृष्ण चौलागाई, बलराम सुवाल, श्याम प्रधान, मोहन पौडेल सदस्यहरु रहेको एक सल्लहाकार समिति समेत गठन गरेको छ ।

कार्यक्रम उदघाटन गर्दै मध्यपुर ठिमी महानगरीय प्रहरी वृत्तका डिएसपी शान्तीराज कोईरालाले मानवजातीलाई सहि मार्गमा ल्याउन योगको विकल्प नरहेको वताउनु भएको छ । त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले नयाँ सर्वसम्मत नेतृत्वलाई बधाई दिनु हुँदै पातञ्जल योग समिति नेपालको पहिलो योग साधना केन्द्र स्थापित गरि चाँगुले एक नयाँ ईतिहास रचेकोमा खुशी व्यक्त गर्दै नेपालको पहिलो योगमय नगरपालिका बन्न सफलता मिलोस भनि शुभकामना समेत व्यक्त गर्नुभयो ।

पातञ्जल योग समिति भक्तपुरका अध्यक्ष योग प्रसाद आचार्यको सभापतित्व एवं सचिव श्रृजना मल्ल ठकुरीको सञ्चालकत्वमा शुभारम्भ गरिएको कार्यक्रम नवगठित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहणका साथ पदस्थापना गर्दै सम्पन्न गरिएको जिल्ला कोषाध्यक्ष रन्जिता न्यौपानेले अवगत गराउनु भयो ।