काठमाडौँ, २४ भदौ । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्